एमालेको प्रतिस्पर्धी कोही छैन : गोकुल बाँस्कोटा

सुर्खेत । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको प्रतिस्पर्धी कोही नभएको बताएका छन् । बिहीबार बिहान प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले यस्तो बताएका छन् ।

पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले एमाले रातो घोटा भएको बताए । ‘वर्तमान गठबन्धन लामो समय टिक्न सक्दैन, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौँ,’ उनले चुनौती दिँदै भने, ‘एमालेसँग जो-जो आउनुहुन्छ लड्न आउनुस्, हामी हार्दैनौँ ।’

एमाले कर्मद्वारा जनताको मन जित्ने पार्टी भएको बताउँदै उनले एमाले नै पहिलो पार्टी दाबी गरे । ‘दैलेखमा ग्यास उत्पादन गर्नुपर्छ भन्ने एमाले हो भने कर्णालीका जनताले कहाँ मतदान गर्छन् ?’

सत्ता गठबन्धनले संविधान जोगाउने नभएर आफ्नो पार्टी जोगाउ एमसीसी पास गरेको उनको आरोप छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै नेता बाँस्कोटाले भने, ‘अघिल्लो दिनसम्म राष्टघात पछिल्लो दिन सहमति यो के नाटक हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *