सञ्चारमाध्यम नै एमालेलाई सिध्याउन लागे : विष्णु रिजाल

सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले सिध्याउन सञ्चारमाध्यम नै लागेको आरोप लगाएका छन् । बिहीबार बिहान प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै रिजालले सञ्चारमाध्यम भूमिकामाथि प्रश्न गरेका हुन् ।

प्रेस चौतारीको केन्द्रीय सह इञ्चार्जसमेत रहेका रिजालले सञ्चारकर्मीहरू निष्पक्ष हुन नसकेको टिप्पणी गरे । ‘सञ्चारमाध्यम नै एमालेलाई सिध्याउन लागेका छन्, ‘उपप्रमुख रिजाल ले भने, ‘देशका सम्पूर्ण राजनीतिक दलहरुपनि एमाले विरोधी गतिविधिमा छन् । त्यसलाई तोड्न प्रेस चौतारीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

नेता रिजालले प्रेस चौतारी निकट पत्रकारहरूले पार्टीको दिशा निर्देशितको आधारमा समाचार सम्प्रेषण गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । ‘चुनावमा एमालेलाई दोस्रो हुने छुट छैन । पार्टीको विजयका लागि लडाइँ लड्नुपर्ने,’ उनले भने, ‘विकृत संसदीय अभ्यासका खेल भइरहेका छन्, त्यसलाई सही बाटामा ल्याउन आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *