पशुपतिमा भीडका कारण पुलको पर्खाल भत्कियो, एक घाइते

काठमाडौँ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किँदा एक जना घाइते भएका छन् । अत्यधिक भीडका कारण पुलको पर्खाल भत्किँदा ३० वर्षीय राजन ओली घाइते भएका हुन् ।

पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाकाअनुसार घाइते ओलीको अवस्था सामान्य रहेको छ ।​ शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती नदीमाथि बनेको पुलमा मानिसहरूको भीड लागेपछि पर्खाल भत्किँएको हो । पर्खाल भत्केर केही भक्तालुहरू नदीमा खसेका थिए ।

उनीहरूको सकुशल उद्धार गरिएको कोषका सदस्य सचिव थापाले जानकारी दिए । निकै पुरानो पुलले मानिसहरूको अत्यधिक चापलाई थेग्न नसकेर दुर्घटना भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =