थप १८० जना काेराेना संक्रमित, १ काे मृत्यु

काठमाडाैँ । नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १९ जना र ३ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप चार सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् ।

हाल नेपालमा ८ हजार २ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *