तनहुँमा पनि शंकास्पद वस्तु भेटियो

पोखरा । एमसीसीको विरोधमा आयोजना गरिएको नेपाल बन्दले जनजीवन अस्तव्यस्त भएको छ । अहिले पोखरा ठप्प जस्तै छ । ठाउँ ठाउँमा शंकास्पद वस्तु भेटिएकोले त्रास बढाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा शंकास्पद वस्तु भेटिएको छ । विस्फोटक पदार्थको आशंकामा सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्न लागेको छ । सेना घटनास्थलमा पुगिसकेको बताइएको छ । शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा अहिले गाडीहरु रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *