‘एमसीसीको पक्षमा उभिने पार्टीहरू इतिहासका डाइनासाेर’

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक ठम्मर विष्टले एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरू इतिहासका डाइनासाेर भएको टिप्पणी गरेका छन् ।

सचेतक विष्टले आइतवार सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेख्दै यस्तो टिप्पणी दिएका हुन् ।

एमसीसीको विषयमा देश, जनता र स्वाभीमानलाई धोती लगाएर कथित व्याख्यात्मक टिप्पणीको नाममा सदनबाट पास गर्न न्वारनदेखिको बल लगाएर सरकार मा रहनु नै यो दुनियाँको अन्तिम सत्य हो भनेर कुर्लिरहेका शक्तिहरूलाई जनताको तर्फबाट प्रश्न समेत रहेको उल्लेख गरेका छन् ।

विष्टले लेखेका छन्स, ‘समयक्रमसँगै एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरू इतिहासको डाइनासाेर त हुन् नै छन्, साथसाथै अब नेपाल नयाँ युक्रेन बन्ने कुराको सहजै आकलन गर्न पनि गाह्रो भएन । तर, यहाँ स्मरणयोग्य कुरा के छ भने आम जनता यसको विपक्षमा र सत्तावादी पार्टीहरू एमसीसीको पक्षमा हुने कुरा रोक्ने अब एउटै मात्र विकल्प देखिँदै छ त्यो केवल जनताको आन्दोलन र संघर्ष हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *