न्यायका आधारभूत मान्यतालाई आत्मसाथ गरी न्यायनिरुपण गर्न राष्ट्रपतिकाे आग्रह

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौँमा नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयमा नै न्याय प्रदान गर्न र स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई कायम राख्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कानुन व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानुनको शासन, संधिवानको सर्वाेच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका र कार्यपालिकाको चरित्र राजनीतिक हुने भएकाले यसका बीचमा यदाकदा उठ्ने अधिकार क्षेत्रसम्बन्धीका विषयमा कानुन व्यवसायीले निष्पक्ष भूमिका खेल्नुपर्ने बताइन् ।

त्यस्तै, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गुणस्तरीय कानूनका लागि आफुहरू सचेत रहेको बताए । उनले न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आवश्यक कदमका बारेमा सम्मेलनमा छलफल हुने उल्लेख गरे ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष ज्येष्ठ कानुनविद् ९५ वर्षीय कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वाङ्मय शताब्दी पुरुष’बाट दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *