स्वाभिमानलाई शर्त बनाएर दिइएकाे १ पैसा पनि मान्य छैन : खनाल
२०७८ फागुन १५ गते

काठमाडाैँ । एकीकृत समाजवादीका सम्मानित नेता एवम् सांसद झलनाथ खनालले नेपालकाे स्वाभिमानलाई शर्त बनाएर दिइएका कुनै पनि सहयाेग रकम मान्य नहुने बताएका छन् । आइतबार बसेकाे संसद् बैठकअन्तर्गतकाे एमसीसीमाथिकाे छलफलमा भाग लिँदै नेता खनालल यस्ताे बताएका हुन् । ‘हामीलाई ५० कराेड डलर नचाहिएकाे हाेइन, मान्य नहुने हाेइन,’ नेता खनालले भने, ‘तर, नेपालकाे/देशकाे स्वाभिमानलाई धरापमा राखेर, त्यसलाई शर्त बनाएर दिइएका कुनै पनि पैसा हामीलाई चाहिएकाे छैन । स्वाभिमान, स्वाधीनतालाई शर्त बनाएर पैसा दिइन्छ भने अर्बाैँ डलर पनि हामी लिन्नाैँ ।’
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








