सेयर बजारमा सामान्य गिरावट, सवा ३ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

यस दिन सेयर बजार परिसूचक (नेप्से)७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा  ओर्लिएको छ । यस दिन सेन्सेटिभ यन्डेक्स समेत ०.७३ अंकले घटेर ५०६.८४ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रुपैयाँमा खरिदबिक्री भयो ।

यस दिन जलविद्युत् र अन्यबाहेक बाँकी सबै समूहगत उपसूचकहरु समेत घटेका छन् ।

यस दिन नेशनल हाइड्रो, सपोर्ट माइक्रो फाइनान्स, छ्याङदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, बरुण हाइड्रो पावर, हिमालयन पावर पार्टनर, रसुवागढी हाइड्रो कम्पनी जस्ता विद्युत् कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *