एमसीसी आजै पास गरिने

काठमाडौँ । सत्तारूढ गठबन्धनले एमसीसी परियोजना संसदबाट आजै पारित गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी आजै पारित गर्ने सहमति भएको जानकारी दिए । ‘आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा यसलाई पारित गर्ने सहमति भएको छ’ उनले भने । यसका लागि शंका गरिएका केही विषयमा व्याख्यात्मक टिप्पणी गरी त्यसलाई पनि प्रस्तावसँग जोडेर पारित गरिने उनले बताए ।

‘व्याख्यात्मक घोषणासहित पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो । यसमा सहमति गरेर अघि बढ्ने निर्णय भयो । शंका ब्यक्त गरिएका विषयमा थप स्पष्ट पार्ने कुरा भयो ।’ उनले भने । यो इन्डो प्यासिफिक रणनीतिको अंग होइन, यो नेपालको संविधानभन्दा माथि होइन । नेपालमा नेपालकै संविधान सर्वोपरि हुन्छ । र यो विकास साझेदार मात्र हो भन्ने कुरामा व्याख्यात्मक टिप्पणी हुने नेता पौडेलले बताए ।

एमाले पनि पक्षमा हुने विश्वास

कांग्रेस नेता पौडेलले विपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्ने विश्वास व्यक्त गरे । एमालेले नै संसदमा दर्ता गरेको प्रस्ताव भएकाले एमाले पनि एमसीसीको पक्षमा उभिने सत्तारूढ गठबन्धनको विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *