गठबन्धन जोगाउन एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडाैँ । सत्ता गठबन्धन भत्किने भएपछि माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्ने भएकाे हाे ।

पूर्वस्थायी समिति सदस्य लीलामणि पाेखरेलकाअनुसार माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्नेछ । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रबार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष  माधवकुमार नेपालले प्रधान मन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरू एमसीसी अनुमाेदनकाे पक्षमा उभिने भन्दै विपक्षी नेता केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =