मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ ।

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ । जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *