जसपाका केन्द्रीय नेतालगायतकाे जम्बाे टाेली एमाले प्रवेश

पोखरा । जनता समाजवादी पार्टीका जम्बो टोली नेकपा एमाले प्रवेश गरेको छ । जसपाका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज गणेशमान गुरुङको नेतृत्वमा केन्द्रीय स्तरका नेताहरू सहित सयौँ नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।

जनजाति आन्दोलनका क्रममा २०६९ सालमा एमाले छोडेका गुरुङ विभिन्न पार्टी हुँदै पुनः एमालेमै फर्किएका छन् ।

उनीसँगै केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिको इन्चार्ज देवराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिको इन्चार्ज हुमबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपक तामाङ, गण्डकी प्रदेशका उपाध्यक्ष काशीमाया गुरुङ लगायत नेताहरू एमाले प्रवेश गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव समुह लगायतबाट पनि एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई माला र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *