थप २७५ जना काेराेना संक्रमित, ५५५ निकाे

काठमाडाैँ । नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा थप ५ सय ५५ संक्रमित काेराेनामुक्त हुँदा हालसम्म काेराेनामुक्त हुनेकाे संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेकाे छ । हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइसाेलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *