प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न सुझाव

काठमाडाैँ । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उनले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका हुन् ।

इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरूले धर्मगुरु, संरक्षकका रूपमा मान्दै आएका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *