प्रदेश १ मा आर्थिक समृद्धि सम्मेलनको तयारी

विराटनगर। प्रदेश १ को आर्थिक समृद्धिका लागि भन्दै आजदेखि आर्थिक सम्मेलन हुने भएको छ।  बाह्रखरी गल्फ, इकोनोमिक समिट र योङ आन्टरप्रिनुअर्स कन्क्लेभको तयारी आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएका छन् ।

धरानस्थित गल्फ कोर्समा प्रधान सेनापति प्रभुराम शर्माले पाँचौँ कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन गर्नेछन् । शुक्रबार नै अपराह्न इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ हुँदैछ। योङ आन्टरप्रिनुअर्स मिट २०२२ मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरूको योजना लगायतका विषयमा छलफल हुने छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल लगायत छलफलमा सहभागी हुन्छन् ।

शनिबार बिहान बाह्रखरी मिडिया र उद्योग संगठन मोरङको सहकार्यमा इकोनोमिक समिटको पनि आयोजना गरिएको संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । इकोनोमिक समिटमा प्रदेश एकको समृद्धिको मार्ग चित्रसहितको कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

इकोनोमिक समिटमा संघीय अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सरकारका मन्त्रीहरू, विराटनगर महानगरकापालिका मेयर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर, संघीय अर्थ मन्त्रालयका सचिव,  नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत उद्योगी व्यवसायी सहभागी हुनेछन्  ।

उद्योग संगठन मोरङको सभा हलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको  प्याकुरेलले जानकारी दिए । ‘शनिबार बिहान हुने इकोनोमिक समिटको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, “करिब तीन सय पाहुना इकोनोमिक समिटमा सहभागी हुनेछन्।’

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्रदेश १ को आर्थिक समृद्धिका लागि आयोजना गरिएका बाह्रखरी गल्फ, योङ आन्टरप्रिनुर्स कन्क्लेभ र इकोनोमिक समिटले प्रदेश १ को आर्थिक गतिविधिमा  टेवा पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *