गठबन्धनकाे आन्तरिक विवादका कारण संसद् बैठक स्थगित भयाे : एमाले
२०७८ फागुन १२ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता गठबन्धनकाे आन्तरिक विवादका कारण संसद् बैठक राेकिएकाे आराेप लगाएकाे छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन्, ‘प्रतिनिधि सभाकाे आजकाे बैठक सर्वाेच्च अदालतले बनाइदिएकाे अप्राकृतिक गठबन्धनकाे आन्तरिक विवादका कारण स्थगित भएकाे हाे ।’
यसअघि आज दिउँसाे १ बजे बैठक बस्ने भनिएकाे थियाे । तर, बैठक स्थगित भयाे । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएपछि बैठक शुक्रबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे छ ।
२०७८ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








