नुवाकोटमा केएमसीले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लब बेलकोटगढी नगरपालिका-१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्स-रे, १७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =