जो प्रदर्शनकारी घाइतेको उपचार गर्छन् (भिडिओसहित)

काठमाडौँ । एमसीसीको विरोधमा काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहन्छ । यो सम्झौता संसद‍्मा टेबुल हुनु एक हप्ताअघिदेखि नयाँ बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको हो ।

ती प्रदर्शनहरू उग्र हुँदा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप हुने गरेको छ । यसमा धेरै घाइते हुन्छन्, ती घाइतेहरू तत्काल उपचार पाइँदैनन् । जसले गर्दा ठूलो दुर्घटना हुनसक्ने भन्दै काठमाडौँका एक समाजसेवीले प्राथमिक उपचार गर्ने योजना बनाएका छन् ।

रमेशलाल श्रेष्ठले आइतबारको प्रदर्शनका क्रममा धेरै जना घाइते भएको देखे । कतिलाई त उपचारका लागि नजिकैको मेडिकलसम्म लगे तर, उपचारमा डाक्टरले वास्ता नगरेको उनको अनुभव छ ।

श्रेष्ठ आज कोही घाइते भईहालेपछि आफै प्राथमिक उपचार गर्ने तयारीसहित बानेश्वर पुगेका छन् । प्राथमिक उपचार सामग्रीसहित पुगेका उनले थप ४/५ जना नर्सहरूलाई पनि बोलाएको सुनाए ।

हेरौँ यो भिडिओ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =