बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

ओगादुगु । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरू सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरू मारिएका समाचारमा जनाइएको छ ।

सो विस्फोटमा परेर अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरूले जानकारी दिएका छन् ।

सो खानी तत्कालै बन्द गर्न त्यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो ।

प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरूमाथि अनुसन्धान हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *