युद्ध राेक्न माग गर्दै रसियन दूतावास अगाडि प्रदर्शन

काठमाडौँ । रुस र युक्रेनबीचकाे बढ्दाे युद्धकाे आशंका बीच मानवअधिकार तथा शान्ति समाजले रुसी दूतावास अगाडि प्रदर्शन गरेकाे छ ।

बुधबार समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रहसहित दूतावासअगाडि प्रदर्शन गरेको हाे । समाजले ‘रुसः युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ लगायत नारा लेखेको ब्‍यानरसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =