पशुपतिमा महाशिवरात्रिको तयारी, भित्तामा काेरिँदै शिवपार्वतीका चित्र

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरूप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरूपमा सजाउन थालिएको छ ।

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ । विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ ।

पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ । हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ ।

पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *