अवैध कल सेन्टर सञ्चालक सहित ८० जना पक्राउ

भक्तपुर । सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भारतीय मूलका युवा युवतीहरूलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानोसानो मात्रामा ऋण लगानी गरी निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरूलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।

उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।

घटनाबारे प्रहरीबाट थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *