बानेश्वरबाट १ चिनियाँ नागरिकसहित ३६ नेपाली पक्राउ

काठमाडाैँ । काठमाडाैँकाे पुरानाे बानेश्वरबाट १ जना चिनियाँ नागरिकसहित ३६ नेपाली पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएकाे टाेलीले गएराति उनीहरूलाई पक्राउ गरेकाे परिसरका प्रवक्ता डीएसपी सुदिप गिरिले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू अवैध कल बाइपास खाेलेर बसेकाे खुलेकाे छ । प्रवक्ता गिरिले भने— ‘अहिलेसम्म कस्ताे खाले कल बाइपास हाे खुलिसकेकाे छैन, पक्राउ गरिएकामध्ये एकजनाबाहेक सबै नेपाली नै हुन् ।’

उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *