केएमसीको स्वास्थ्य शिविरमा ९ सयको उपचार (तस्बिरहरू)

रसुवा । रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय-३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन ९६३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्स-रे र १५४ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतमा समस्या भएर शिविरमा आएका २४ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । त्यस्तै पाँच जना बिरामीको सामान्य शल्यक्रियासमेत गरिएको छ ।

केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौँ बिरामीको निःशुल्क उपचार गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *