हराएको १२ वर्षपछि ‘जोए’ले भेट्यो आफ्नो मालिक

क्यालिफोर्निया । हराएको १२ वर्षपछि ‘जोए’ नामको कुकुरले क्यालिफोर्नियामा आफ्नो मालिकलाई भेटेको छ । जोए स्टकटनको ग्रामीण भेगमा गाडीबाट फालिएको अवस्थामा फेला परेको थियो ।

कुकुर धेरै बुढो र बिरामी देखिएकोले फेला पार्ने व्यक्तिले प्रहरीलाई खबर गरेका थिए । जीवजन्तु सेवा कार्यालयका अधिकृतले कुकुरबारे खोजी गर्दा उक्त कुकुर २०१० देखि हराइरहेको पत्ता लागेको थियो ।

१२ वर्षदेखि हराइरहेको ‘जोए’लाई भेटेर उनकी मालिक मिशेलले आफूले कहिल्यै ‘जोए’लाई फेरी भेट्ने भनेर अपेक्षा नै नराखेको र भेटेकोमा धेरै खुसी लागेको प्रतिक्रिया दिए ।

किनभने हराएको ५ वर्षपछि सन् २०१५ मा माइक्रोचिप कम्पनीले जोएको मृत्यु भएको घोषणा गरेको थियो । ‘जोए’ हराएको ठाउँबाट ६० माइलको दूरीमा फेला परेको थियो । अब जोएका मालिक मिशेलले कुकुरको उपचार गरेर बाँचुन्जेल आफैँसँग राख्ने भन्दै खुसी व्यक्त गरेका छन् । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *