एम्बुलेन्सको ठक्करबाट स्वास्थ्य चौकीकी कर्मचारीको मृत्यु

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ झ ००२८ नम्बर भएकोे एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१-०२-०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *