बैंकिङ पहुँच मनाङमा सबैभन्दा राम्रो

काठमाडौँ । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौँ भन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् ।

काठमाडौँ जिल्लामा भने २ हजार २४७ जनालाई एउटा शाखा भागमा परेको छ । काठमाडौँमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका १ हजार २४ ओटा शाखा कार्यालय स्थापना भएका छन् ।

जनसंख्याको आधारमा हेर्दा काठमाडौँको तुलनामा मनाङ जिल्लाका जनतालाई बैंकको पहुँच राम्रो देखिएको हो । मनाङको तुलनामा काठमाडौँमा १ हजार ६७६ जना बढीले बैंकको एउटा शाखा प्रयोग गर्नुपर्ने बाध्यता छ । यद्यपि काठमाडौँमा सबैभन्दा बढी बैंक शाखा खुलेका छन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =