भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

बागमती । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको आज सजाय मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिने कार्यअन्तर्गत भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा भएको बताइएको छ ।

भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदारप्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका १० कैदीबन्दी आज रिहा भएर आ–आफ्नो घर फर्किसकेको बताए । सजाय मिनाहा भएकामध्ये आठ जना नेपालका र दुई भारतका छन् ।

रिहा भएकामध्ये भारतका दुई, मकवानपुरका पाँच, सिन्धुलीका एक, उदयपुरका एक र सुनसरीका एक जना रहेका छन् । सजाय मिनाहा पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका तीन र डाँका तथा ज्यान मार्ने उद्योगका एक/एक जना रहेको निमित्त प्रमुख जेलर सापकोटाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =