कर्णालीमा सरसफाइ गरेर मनाइँदै प्रजातन्त्र दिवस

सुर्खेत । आज प्रजातन्त्र दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेर मनाइँदैछ । जसको लागि कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रममा जुटेका हुन् ।

वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि एक किलोमिटर उत्तरतर्फ पर्ने पर्यटकीय स्थल सहिद पार्कमा गएर सरसफाइ कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया, सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, नेपाली सेना, प्रहरी लगायतको सहभागी रहेको थियो ।

कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो । एउटा जङ्गलको बिचमा रहेको पार्कभित्र सहिद स्तम्भ, पोखरी रहेको छ । यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरूको नाममा बनाइएको हो ।

कर्णाली प्रदेश सरकारले सहिद पार्क स्थापनाका लागि २ करोड रकम खर्च यसअघि नै गरेको थियो । पार्कभित्र गर्नुपर्ने संरचनाको काम ९० प्रतिशत बाँकी नै छ । चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिएको छ । कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *