चुनाब जिताउन कांग्रेसका सात कमान्डर

धनकुटा । धनकुटाका सात वटा पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन  कांग्रेस धनकुटाले कमाण्डर तोकेर जिम्मेवारी दिएको छ ।

कांग्रेस धनकुटका सभापती दिनेश राईको अध्यक्षमा बसेको बैठकले सात पालिकामा दिएको जिम्मेवारी अनुसार संयोजक तथा ईन्चाजहरुमा उपसभापती निर्मल प्रसाद ओझालाई मालक्ष्मी नगरपालिका, उपसभापती सुनिल कुमार डंगोललाई पाख्रिवास नगरपालिका, सचिव विजय सन्तोषी राईलाई धनकुटा नगरपालिका, अर्का सचिव जयन्द्र घिसिङलाई सागुरीगढी गाउपालिका,  अर्का सचिव गिरिजा प्रसाद दाहाललाई चौविसे गाउपालिका र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेले सहिदभूमी गाउपालिको जिम्मेवारी पाएका छन् ।

सभापती राईले आज कांग्रेसको विधान अनुसार २३ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरी पद तथा गोपनियताका सपथ गराएका छन् । मनोनित हुनेमा रविन्द्र नेपाली, विष्णु प्रसाद पौडेल, देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोग, रमेश ईवाहाङ्ग, तिर्थ राई, राजेन्द्र पौडेल, पुरेन्द्रलाल श्रेष्ठ, मान प्रसाद ईङनाम, रुकमन तामाग, रमेश राई, मिन वहादुर काकी, प्रकाश लिम्बु, बासुदेव भण्डारी, अम्विका धमला, कमल कुमारी राई, ठगिन कुमार राई, नरेन्द्रजंग वस्नेत, अमल राई, गोकुलाल श्रेष्ठ, कमल कुमारी राई, र नेत्र प्रसाद पौडेल रहेको  जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

यसैगरी सभापती राईले कांग्रेस धनकुटाको प्रवक्तामा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेलाई जिम्मेवारी दिएका छन् । धनकुटामा पार्टी संगठन सुदृढिकरण गर्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागि सभापती राईले पदाधिकारीहरुलाई समेत पालिकाहरुको र जिल्ला पार्टी कार्यालय भित्रको शाखाहरुको जिम्मेवारी समेत तोकेका छन् ।

सभापती राईले कांग्रेस जिल्ला पार्टी कार्यालयलाई दुरुस्त र चुस्त बनाउन विभाग बाहेक कार्यालय भित्र रहेको शाखाहरुमा उपसभापती निर्मल प्रसाद ओझालाई अनुगमन तथा मुल्यांकन शाखा प्रमुख, अर्का उपसभापती सुनिल डंगोललाई प्रशिक्षण शाखा प्रमुख, सचिव विजय सन्तोषी राईलाई सगठन तथा कार्यक्रम शाखा प्रमुख, अर्का सचिव जयन्द्र घिसिङलाई अनुशासन तथा समन्वय शाखा प्रमुख, सहसचिव रोशन श्रेष्ठलाई अभिलेख शाखा प्रमुख, अर्का सहसचिव गिरिजा प्रसाद दाहाललाई विकास शाखा प्रमुख र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई प्रचार प्रसार शाखा प्रमुखको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *