मूल्यवृद्धि विरुद्ध युवा संघको सांकेतिक प्रदर्शन (तस्वीर)

काठमाडाैँ । नेकपा एमाले समर्थित युवा संघ र युथ फोर्सले पेट्रोलियमका साथै अन्य क्षेत्रमा भएको मूल्यवृद्धिको विरोधमा बिहिबार नयाँ बानेश्वरस्थित सडकमा सांकेतिक ‘कबाडी पसल’ सञ्चालन गरेको छ ।

मूल्यवृद्धिका कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटर जस्ता साधन चढ्न गाह्राे भएकाले दैनिक उपभोग्य सामान र सवारीसाधनको बिक्री गर्न सांकेतिक कबाडी पसल सञ्चालन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सडकमै चिया पकाएका थिए । ‘वाइसिएलले ढुङ्गा, युथ फोर्सले चिया’ भन्दै उनीहरूले कार्यक्रमस्थलमा आएका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई चिया पिउन दिएका थिए । कतिपय सञ्चारकर्मीले चिया पिए, सुरक्षाकर्मीले भने पिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *