छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कारका लागि ‘अक्षयकोष’

विराटनगर। विराटनगर निवासी बद्री विक्रम थापा (गोदार)ले छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छन् ।  विराटनगर महानगरपालिका वडा नम्बर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक थापा (गोदार) र उनकी धर्मपत्नी विमला थापा तथा छोरी बेनिजा थापाले पाँच लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

सवारी दुर्घटनामा परी दिवंगत भएका  छोरा स्मृतिमा  परिवारले विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कार कोषको स्थापना गरेका हुन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा  दाता परिवारले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई उक्त कोषको रकम हस्तान्तरण गरेका हुन् ।

पुरस्कार १ नं प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रदान गरिनेछ । कोषको रकमबाट नगद २५ हजार राशिको पुरस्कार वार्षिक रूपमा प्रदान गरिने जनाइएको छ।

५ लाखको अक्षयकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औँ प्रहरी दिवसबाट विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कारको सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापक गोदारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *