राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३२ विद्यालय छनोट

लमजुङ । यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन् ।

जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ, सुन्दरबजार नगरपालिकामा पाँच, मध्यनेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मस्र्याङदी गाउँपालिकाका– ३ विद्यालय छनोट भएका छन् ।

क्व्होलासोथर गाउँपालिकाका विद्यालय भने छनोटमा नपरेका बताएको छ । ती विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ । आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख बजेट विनियोजन भएको छ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *