प्रदर्शनकारीको ढुंगा लागेर मकालुखबरकर्मी बस्नेत घाइते

काठमाडौँ । एमसीसीको विरोधमा भएको प्रदर्शन खिच्ने क्रममा मकालुखबरकर्मी सराेज बस्नेत घाइते भएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीचकाे झडपको तस्बिर खिच्न लाग्दा पत्रकार बस्नेतलाई प्रदर्शनकारीले हानेकाे ढुंगा लागेकाे हाे । आँखाको डिलमा ढुंगा लागेर घाइते भएका बस्नेतको बानेश्वरमा प्राथमिक उपचार पछि काठमाडाैँ मेडिकल कलेजमा थप उपचार गरिएको थियो ।

प्रदर्शनकारीहरू एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरतिर आउन लाग्दा प्रहरीसँग झडप भएकाे थियाे । त्यहि झडपको तस्बिर खिच्ने क्रममा बस्नेतलाई ढुंगा लागेकाे थियो ।

उपचारपछि बस्नेतकाे स्वास्थ्यअवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *