दैलेखमा जिप दुर्घटना : एकको मृत्युु, ६ घाइते

सुर्खेत । दैलेखको महावु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु-५ का ४० वर्षीय रामबहादुर हमाल रहेका छन् ।

दैलेख बजारबाट महावु गाउँपालिकाका लागि छुटेको बा ०१-०२६च५२६४ नम्बर को जिप अनियन्त्रित भएर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद शाहाका अनुसार जिप मंगलबार साँझ साढे छ बजेको समयमा महावु गाउँपालिका-४ को फागु भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब एकसय मिटर तल खसेको शाहाले बताए । घाइते भएका चालकसहित ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *