सेयर बजारमा ५३ अंकको वृद्धि

काठमाडौँ । सेयर बजार मंगलबार ५३ अंकले बढेको छ । सेयर बजार मापन गर्ने सूचक मंगलबार ५३.३० अंकले बढेर परिसूचक २७५४.२८ बिन्दुमा पुगेको हो ।

यस दिन २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकममा उल्लेख्य सुधार आउन सकेन ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १४.५७, विकास बैंक १२७.३५, वित्त कम्पनी ६५.६८, जलविद्युत १३८.१२, जीवन बीमा १८७.०३, माइक्रोफाइनान्स १४५.७६, निर्जीबन बीमा समूहको उपसूचक १८५ अंकले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *