सांग्रिला डेभलपमेन्ट बैंकले खाेल्याे रुकुम पश्चिमकाे चाैरजहारीमा शाखा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम पश्चिमको चौरजहारीमा शाखा खोलेको छ । बैंकले चौरजहारी नगरपालिका २ मा शाखा सञ्चालनमा ल्याएको हो ।

यो शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकका शाखा १०८ वटा भएका छन् ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *