कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बैठक मंगलबार बिहान ९ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसका अनुसार बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावकाबारे छलफल हुनेछ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *