चाउचाउ उद्योगमा लागेको आगो ११ घन्टापछि नियन्त्रणमा

विराटनगर । झापाको मेचीनगर -१४ मा रहेको मनषा थाइफुड्स प्रालि (मगमग चाउचाउ उद्योग)मा लागेको आगो  नियन्त्रणमा आएकाे छ। शनिबार बिहान ४ बजेदेखि लागेको आगो बाहिरी नियन्त्रणमा आए पनि भित्रको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो लाग्न शुरू भएको ११ घण्टापछि बाहिरपट्टिको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उद्योग भित्र रहेका सबै सामान जलेर नष्ट भएको उत्पादित सामाग्री समेत जलेको प्रहरीले जनाएको छ । उद्योगको ग्यास प्लान्ट र मुख्य प्लान्टलाई भने जोगाउन सकिएको प्रहरीले जनाएको छ ।

‘ती प्लान्ट विस्फोट भएको भए सिङ्गो गाउँमै असर पर्ने थियो,’ प्रवक्ता पाठकले भने, ‘तर त्यसो हुन नदिन निरन्तर ५/६ वटा दमकलाई प्लान्ट केन्द्रित गर्दा जोखिम टरेको छ ।’

आगो नियन्त्रणमा लिन झापा , मोरङ, सुनसरी , इलाम लगायत स्थानबाट दमकल पुगेका थिए । आगलागीबाट भएको क्षतिको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *