नक्कली पीसीआर रिपोर्ट बनाउनेकाे बिगबिगी, चितवनबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई २५ माघमा पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान शुरू गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *