हल्ट प्राइजको फाइनल शनिबार हुने

काठमाडौँ । हल्ट प्राइज आईओईको फाइनल शनिबार (फेब्रुअरी १२) मा हुने भएको छ । फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल, र दराजसँग हुनेछ ।

१०६ मध्य कुल १८ टोलीहरू फाइनलमा पुगेका छन् जसले आफ्ना परियोजना निर्णायक प्यानलको अगाडि पिच गर्नेछन् । १८ फाइनलिस्टले एक-एक अन्तर्राष्ट्रिय मेन्टर पनि पाए, जहाँ उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव र विचारहरूबाट मार्गदर्शन बटुल्ने अवसरहरू पनि आए । अन्तिममा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोली हुनेछ ।

कार्यक्रममा अनिल केशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला, सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापाको व्यापक उपस्थिति रहनेछ भने अनुकार महर्जन, डेगेन्द्र सिवाकोटी, नवरूप सहदेव, आँचल कुँवर, सोनिका मानन्धर,आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन् ।

क्याम्पस अन्तर्गत कार्यक्रमका विजेताहरूले १८ हजार को पुरस्कार कोष पाउनेछन् र १ पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन् । फेब्रुअरी १५ मा, दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन-साइट सत्रको आयोजना गर्नेछ । समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले ५०० दराज भाउचर प्राप्त गर्छन् ।

अन्य पुरस्कारहरू क्लर्की, डिजिटल ओशन, र टास्केडबाटपनि उपलब्ध रहनेछन् । चार उद्यमशील वक्ता शृङ्खला, दुई वर्कसप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनल पछि क्याम्पस आ।इ।ओ।इ हल्ट प्राइज कार्यक्रम भव्य फाइनलमा पुग्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *