एसईई वैशाख ९ गतेदेखि गर्ने बाेर्डकाे निर्णय

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ ।

बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै वैशाख ९ बाट परीक्षा सञ्चालनकाे तयारी भएकाे बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुन् लागेकाे हाे ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *