गोकर्णेश्वरबाट हराइरहेका युवक मृत फेला

काठमाडाैँ । गत बिहीवार बिहान ७ बजेदेखि गोकर्णेश्वर शंखडोलबाट हराइरहेका शिशिर भण्डारी मृत फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-९ शंखडोलबाट हराइरहेका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमाथि मुलखर्क भन्ने स्थानमा मृत फेला परेका हुन् ।

उनको परिवारले दिएको जानकारीअनुसार शिशिर बिहीवार बिहान ७ बजेदेखि हराइरहेका थिए । घरसँगै रहेको पसलको सिसिटिभीमा उनी हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिँडिरहेको देखिएकाे थियाे । त्यसपछिबाट उनी सम्पर्कमा थिएनन् ।

मुलखर्ककाे जङ्गलको खोचमा उनको शव फेला परेको प्रहरीले जनाएकाे छ । दाउरा काट्नेले शव देखेर स्थानीयलाई खबर गरेका थिए ।

भण्डारीको मृत्युको कारण पोस्टमार्टम पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।

याे पनिः बिहीबार घरबाट हिँडेका शिशिर अझै सम्पर्कविहीन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =