सुर्खेतमा भिरबाट खसेर महिलाको मृत्यु
२०७८ माघ २६ गते

सुर्खेत । सुर्खेतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलवार दिउँसो साढे १ बजेको समयमा सिम्ता गाउँपालिका ४ सिमलगाउँ कि एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३८ वर्षीय राधिका नेपाली रहेको प्रहरीले जनाएको छ ।
राधिका मंगलवार बिहान १० बजेको समयमा छोरीसँग लक्ष्मी सामुदायिक वनमा घाँस काट्न गएको समयमा भिरबाट लडी अन्दाज एक सय ५० मिटर तल खसी मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।
२०७८ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित









