पोखराको मेयरमा उम्मेदवार बन्ने साहित्यकार गनेस पौडेलको घोषणा

काठमाडौँ । साहित्यकार गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने पौडेलले फेसबुकमार्फत जनाएका हुन् ।

दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ हुने भन्दै उनले आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ । दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ,’ उनले भनेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु ।’

‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले अगाडि भनेका छन्, ‘आउनुस् केही गरौँ । अति भो अटेर गरौँ !’ पौडेलको उपन्यास ‘पैतला’ चर्चित छ । यसअघि र्‍यापर बालेन शाहले काठमाडौँ महानगर पालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

पाैडेल नेपाली साहित्य क्षेत्रमा लोकपृय छन् । उनको कृति पैताला धेरै रुचाइएको कृति हो । पछिल्लो पटक उनको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ । पछिल्लो समय उनी नयाँ उपन्यास लेखनपछि सम्पादनमा व्यस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *