कुमारी बैंकको कामु सिईओमा खनाल, सीईओ र डीसीईओ बाहिरिए

काठमाडौँ । कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत रहेका खनाललाई सोमबार बसेको सञ्चालक समितिको बैठकले कामु सीईओमा नियुक्त गरेको हो ।

बैंकका सीईओ अनुजमणि तिमल्सिना र डेपुटी सीईओ महेश तिमल्सिनाले राजिनामा दिएर बैंकबाट बाहिरिएपछि सञ्चालक समितिले  मंगलबारबाट जिम्मेवारी सम्हाल्ने गरी खनालाई कामु सीईओ नियुक्त गरेको हो ।

गायक योगेश्वर अमात्यको जग्गालाई किर्ते लालपूर्जा बनाएर अर्कै व्यक्तिको नाममा धितो राखी ऋण प्रवाह गरेकोमा र उक्त विषय थाहा पाएर पनि गोप्य राखेको विषयमा विवाद भएपछि सीईओ र डीसीईओले राजिनामा दिएका हुन् ।

बैंक सञ्चालक समितिले उनीहरुको राजीनामा स्वीकृत गरेर खनाललाई कामु सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =