राष्ट्रपति चुरे संरक्षणका पदाधिकारी बर्खास्त

काठमाडौँ । सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलसहित समितिका पदाधिकारीहरू बर्खास्तीमा परेका हुन् ।

समितिका ६ जना सदस्यहरू पनि बर्खास्तीमा परेको कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले बताए । बर्खास्त हुनेमा सदस्य सचिव डा. महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शशीकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =