काठमाडौँ ट्रिएनालेमा विभिन्न कार्यक्रम गरिँदै

काठमाडाैँ । विश्वव्यापी समकालीन कलाका लागि काठमाडौँ ट्रिएनाले सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार-गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम गर्ने भएकाे छ ।

विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकारितामा आयोजना हुन लागेका कार्यक्रम माघ २८ गतेदेखि फाल्गुन २७ गतेसम्म सञ्चालन हुने आयाेजक ट्रिएनाले जनाएकाे छ ।

कलाकाे बृहत पर्वका रूपमा आयाेजना हुने लागेकाे कार्यक्रममा ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारका कलाकृतिको प्रदर्शनीहरू समेत हुनेछन् । यस्तै, उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र यूरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही अनेक विमर्शहरू समेत हुने बताइएकाे छ ।

आयाेजक ट्रिएनाका अनुसार, अनगिन्ती कलात्मक, सामाजिक तथा समूहका कथा र संकथनको मिलनबिन्दुका रूपमा समेत कार्यक्रम रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *