फागुन १ देखि विद्यालय खोल्ने तयारी

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालय सञ्चालनका लागि सिफारिस गरेकाे छ ।

आइतवार बसेकाे  सीसीएमसीसीको बैठकले सरकालाई भाैतिक रूपमै विद्यालय खाेल्न सिफारिस गरेकाे हाे । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यता, काठमाडौँको गोकर्णेश्वरलगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय गरेका छन् । यसअघि शिक्षा मन्त्रालयमा बसेकाे बैठकमा सरोकारवालाहरूले भाैतिक रूपमै विद्यालय खोल्न सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *